वैज्ञानिक तथ्यको आधारमा यो प्रमाणित भइसकेको छ कि मानव शरीर जल, वायु, अग्नि, पृथ्वी तथा आकाश गरी पाँच तत्वबाट बनेको हुन्छ । र यसमा कुनै शंका छैन कि जुन चीज जुन तत्वबाट बनेको हुन्छ, त्यसमा उक्त तत्वको सबै गुण समाहित हुन्छ ।
यसकारण पञ्चतत्वबाट बनेको मानव शरीरमा जलको शीतलता, वायुको तीब्र वेग, अग्निको तेज, पृथ्वीको गुरूत्वाकर्षण र आकाशको विशालता समाहित हुन्छ । यसप्रकारले मानिस अनन्त शक्तिको स्वामी हो । तथा मानिसको शरीरभित्र अलौकिक शक्ति लुकेका हुन्छ ।
तर हाम्रै अज्ञानताका कारण हाम्रो शरीरभित्र हुने सुप्त अवस्थामा रहेको छ । ज...