काठमाडौं : काठमाडौं–१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी 'राजन' निर्वाचित भएका छन्। निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार केसी १४ हजार चार सय ५८ मतसहित निर्वाचित भएका हुन्।
प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस केसीलाई दुई हजार छ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका…
काठमाडौं १० को सिमाना ललितपुर, मकवानपुर, धादिङ जिल्लासम्म फैलिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता साझेदार दलहरूले देशभर गठबन्धन गरे पनि यहाँ भने गठबन्धन हुन...
काठमाडौं । नेकपा एमालेले काठमाडौं १० मा उपाध्यक्ष रामबहादुर थापा बादललाई उमेदवार बनाएको छ ।
उनले केहीबेरपछि उमेदवारी दर्ता गर्ने एमाले स्रोतले जानकारी दियो ।
यो क्षेत्रबाट २०७० मा पुष्पकमल दाहाल प्रचण्डलाई हराएर नेपाली कांग्रेसका राजन केसीले जितेका थिए । २०७४ को चुनावमा पनि केसीले वाम गठबन्धनबाट उम्मेदवार बनेका हितमान शाक्यलाई हराएका थिए ।
काठमाडौं, १० असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कैलालीका अध्यक्ष रतनबहादुर थापालाई कारबाहीको सिफारिस गरिएको छ । थापामाथि गत स्थानीय चुनावमा एमालेका आधिकारीक उम्मेदवारलाई पराजित गर्न भुमिका खेलेको आरोप लगाइएको छ । एमाले कैलाली जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको हो । चुनावको बारेमा पार्टीले […]
काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । चितवनको नारायणी नदी किनारामा ठूलो र भव्य मञ्च बनाईएको छ । एमालेले यो महाधिवेशनमा ५ लाख कार्यकर्ता आउने दाबी गरेको छ । अहिले चितवनबाट प्राइम टिभीको लागि वरिष्ठ पत्रकार ऋषि धमलाले प्रत्यक्ष प्रशारण गरिरहेका छन् । महाधिवेशनमा सहभागी देशभरिबाट आएका एमाले […]
काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) को आजबाट सुरु हुने १०औं महाधिवेशनको सफलताको शुभकामना दिएका छन् । त्रिभुवन विमानस्थलमा भेट भएका एमाले नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईमार्फत दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्झिएको र आफ्नो शुभकामना भनिदिनु भनेका थिए । एमालेले महाधिवेशनमा […]
काठमाडौं, १० असोज । यथास्थितिमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक हुनसक्ने असम्भव जस्तै लाग्छ । कुनैबेला यी तीन दल एउटे थिए, नेकपा । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुच्छर झुण्डिएको कम्युनिस्ट पार्टी नरहने अवस्थाको परिकल्पना गरेका थिए । उनैले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताको प्रस्ताव राखे । मिलेर […]
काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा सुरु बैठकले यसअघि बसेको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने बताईएको छ । माधव नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दल गठन गरेपछि एमालेको यो पहिलो केन्द्रीय कमिटी बैठक पनि हो । […]