एथ्लेटिक्ससँग प्रेममा परेकी सन्तोषी

दशरथ रंगशालामा दैनिकी बनेको ५ हजार मिटरको दौडको प्रशिक्षण सकाएर उनी फेरी रंगशालाको चक्कर लगाउँदै थिइन् । साँच्चै सफलता सहज छैन भन्ने उनको अनुहारमा झल्किन्थ्यो । ‘मेरो तयारी सकियो अझै केही समय कुद्छु अनि कुरा गरौँला’ सन्तोषी श्रेष्ठले थाकेको अनुहारमा चम्किलो खुसीसँगै भनिन् । दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सतर्फ नेपालका लागि स्वर्ण जितेकी सन्तोषी अहिले रिकभरी पूर्णता दिने फेजमा छिन् । उनको खुट्टाको ब्यालेन्स नमिल्दा समस्या आएको थियो । अब १९औँ एसियाली खेलकुद प्रतियोगिता रा