नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले अपवित्र गठबन्धनको सरकारबाट जनता आजित भैसकेको बताएका छन् । गृह जिल्ला रौतहटको ईशनाथ नगरपालिका मन्सरी गाउँमा मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर इदको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व मन्त्री साहले गठबन्धन सरकारको कार्यशैलीले जनतालाई निराश तथा आक्रोशितसमेत बनाएको बताएका हुन् । सरकारको भ्रष्ट चरित्रको कारण सबै क्षेत्रमा महँगी बढेकाले जनता पीडित हुन थालेको बताए । सूचनाको हकको संवैधानिक व्यवस्था समेत लत्याएर प्रमुख प्रतिपक्षी दलले मागेको एउटा स