शपथग्रहणपछि मुख्यमन्त्री जमकट्टेल भन्छन्- प्रदेशका मन्त्रालय घटाउनेछु

काठमाडाैँ – वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशमा मन्त्रालयहरू घटाउन लागेको बताएका छन्। मंगलबार बिहान मुख्यमन्त्रीको शपथग्रहणपछि सञ्चरकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रदेशमा मन्त्रालयको संख्या बढी भएको गुनासो आएकाले मन्त्रालयको संख्या घटाउन लागेको बताएका हुन्। उनले आजबाट नै प्रदेशको मुख्यमन्त्रीको पदभारसमेत ग्रहण गरेका छन्। मुख्यमन्त्री जमकट्टेलले मन्त्रालयको संख्या यकिन गर्न प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको […]