दशैं नजिकिएसँगै काठमाडौंका होलसेल कपडा पसलहरूमा चहलपहल सुरू भएको छ। काठमाडौंमा होलसेल कपडाको लागि प्रख्यात न्यूरोड, महाबौद्ध, असन, इन्द्रचोक लगायतको स्थानमा देशका विभिन्न ठाँउका व्यापारीहरूको भीड उल्लेख्य देख्न सकिन्छ। दशैंमा नयाँ कपडा लागाउनुपर्ने मान्यताको कारण यो समयमा व्यापार बढ्ने जानकारहरू बताउँछन्। यो समयमा नेपालबाट मात्र नभई भारतको दार्जलिङबाट समेत व्यापारीहरू आउने न्यूरोडका होलसेल कपडा व्यापारी…