समयको महत्त्व नबुझ्ने पछि पर्छ–अभिनेत्री नम्रता

अभिनेत्री नम्रता सापकोटाले सबैले समयको महत्त्व बुझ्नुपर्ने बताएकी छन् । बिहीबार फिल्म ‘डेसान’ ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै समयको महत्त्व बुझ्न नसक्ने कहिले पनि अगाडि नबढ्ने बताइन् । उनले फिल्म ‘डेसान’ पारिवारिक सम्बन्ध र प्रेमकथामा बनेको समेत जानकारी दिइन् । ट्रेलरमा पारिवारिक सम्बन्ध र प्रेमको उतारचढाप देखाउन खोजिएको छ । कमल एक्चै मगर निर्देशित फिल्ममा नम्रता सापकोटाको अलवा भोला सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा