अल्ट्राफास्ट ‘बीए.५’ ओमिक्रोनले ग्राफलाई उकालोतिर धकेल्दै

हाल विश्वमा ओमिक्रोन भेरियन्टको पछिल्लो पुस्ताका उपप्रजातिहरू बीए.४ र बीए.५ ले अघिल्लो पुस्ताका उपप्रजातिहरूलाई तीव्र विस्थापित गर्दैछ । केही हप्ता अगाडी भारतमा पनि यी दुई ओमिक्रोन भेरियन्टका उपप्रजातिहरू देखिएका समाचारमा जनाएका थिए । नेपालमा पनि केही दिन अगाडी ओमिक्रोनको बीए.५ उपप्रजाति पहिलो पटक पुष्टि भएको छ । पछिल्लो चार दिनको अन्तरालमा कोरोना सङ्क्रमितको सङ्ख्या दोब्बरले बढेको देखिन्छ । बीए.५नेपालमा पुष्टि हुनु र केही हप्ता देखि स्थिर जस्तो देखिएको सङ्क्रमितको सङ्ख्यामा अचानक वृद्धि हु