लडेपछि न्याय पाइने रहेछ, सबैलाई यस्तै लड्ने हिम्मत जुटोस् : गौशाला-२६

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेपछि पीडित गौशाला २६ ले लड्दा न्याय पाउने रहेछ भन्ने आज थाहा भएको प्रतिक्रिया दिएकी छिन्।छोटो प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाले खुसी दिएको बताइन्। उनले आफूलाई न्याय मिलेको भन्दै मुद्दा लड्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन्।‘सबैलाई लड्ने यस्तै हिम्मत जुटोस् लडेपछि न्याय पाइने रहेछ’, उनको प्रतिक्रिया छ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले आज बलात्कारमा ला