नेकपा एमालेको विरोधका बीच राष्ट्रिय सभा बैठकमा विनियोजन विधयेक अर्थात् बजेट पारित भएको छ । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।अर्थ मन्त्री जनार्दन शर्माले बजेट पारित गरियो भन्ने प्रस्ताव पेश गरेका थिए । बैठकमा एमालेका सांसदहरूले उठेर अवरोध गरेपनि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले बैठकलाई कार्यसुचीमा प्रवेश गराएका थिए । राष्ट्रिय सभाले पारित गरेपछि पुन: यो विधयेक प्रतिनिधिसभामा आउंनेछ । त्यसपछि प्रतिनिधि सभाका सभामुखले विधयेक प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाउने छन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र विधयेकले ऐनको रुपमा लिन्छ र सरकारलाई बजेट खर्च गर्ने बाटो खुला हुन्छ । बजेट पारित हुन नसकेपछि हाल सरकार खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ ।