जाजरकोटमा स्थानीय निर्वाचन : गठबन्धन गर्न प्रतिवद्ध तर भागबन्डा मिलाउन सकस

चुनावी गठबन्धन गर्न विज्ञप्ति जारी गरेका जाजरकोटका सत्ता गठबन्धन दलका नेताहरु भागबण्डा मिलाउन नसक्दा हैरान भएका छन् ।  आसन्न बैशाख ३० हुन गइरहेको स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सुरुमा प्रचार प्रसारमा तातिएका दलहरु अहिले भागबण्डा मिलाउन नसक्दा सुस्ताएका छन् ।  स्थानीय तहको निर्वाचनमा केन्द्रीय परिपत्र अनुसार सत्ता गठबन्धनका दल बीचमा चुनावी तालमेल गर्ने सैद्दान्तिक सहमति गरेका जाजरकोटका चार राजनैतिक बीच भागबन्डाको विषय भने पेचिलो बन्दै गएको छ । जाजरकोटमा नेपाली काँग्रेस, नेकपा (म