मालीमा सैन्य ‘कू’, राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले नियन्त्रणमा लियो

एजेन्सी। पश्चिम अफ्रिकी राष्ट्र मालीमा सैनिक ‘कू’ भएको छ । मालीमा सेनाले राष्ट्रपति बहन नाडाव र प्रधानमन्त्री मोक्तर ओयनीलाई हिरासतमा लिएको छन् । मालीको सरकारमा भएको फेरबदलको केही घण्टामै त्यहाँको राजनीतिक नेतृत्वलाई हिरासतमा लिएको हो ।