जारी निषेधाज्ञाका बीच पनि कोरोना संक्रमण दर घट्न नसकेपछि गृह मन्त्रालयले थप कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । शनिबार गृह मन्त्रालयले निषेधाज्ञा कडा बनाउन भन्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई सर्कुलर जारी गरेको छ । निषेधाज्ञाका बीच पनि आवागमन नरोकिएको भन्दै कडा बनाउन भनिएको छ भने हिँडडुुलमा थप कडाइ गर्न भनिएको छ ।
मन्त्रालयले शनिबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग समेत छलफल गरेको थियो । छलफलपछि गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा कडा बनाउनुपर्ने अवस्था आएक...