अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा जुगल गाउँपालिकाको तत्कालिन इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सव–इन्जिनियर रुपक घिमिर