नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधि सभा विघटनमा सर्वोच्च अदालतले दायाँबायाँ फैसला गर्दैन भन्ने विश्वास रहेको बताएका छन् । संविधानमा लेखिएका बाहेक काल्पनिक कुराको व्याख्या अदालतले गर्न नमिल्ने उनले बताए ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ले शुक्रवार काठमाडौंको रत्नपार्कमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता थापाले प्रतिनिधि सभा विघटनका सम्बन्धमा कांग्रेस बोलिसकेकाले अदालतसँग तर्सिनु आवश्यक नभएको बताएका हुन् ।
‘अहिले कतिपय साथीहरूले अदालतका बारे बोल्नुहँदैन भ...