सरकारले वर्गीकरण गरेका २१ राष्ट्रिय गौरवका आयोजनामध्ये भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मात्रै उत्साहजनक प्रगति देखिएको छ। अन्य २० वटाको चित्तबुझदो प्रगतिविवरण देखिँदैन। सरकारले चालु आर्थिक वर्षमा आयोजनाहरुलाई उच्च प्राथमिकतामा राखेर ६३ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ। जसमध्ये अर्धवार्षिक समीक्षा अवधिसम्म १८ दशमलव ९२ प्रतिशत अर्थात १२ अर्ब ५ करोड मात्र खर्च भएको…