काठमाडौं, २२ श्रावण । संघीय सदनको अवरोध खुलाउन फेरि सभामुखसहित शीर्ष नेताहरू छलफलमा बसेका छन्। बानेश्वरस्थित् सभामुख देवराज घिमिरेको कार्यकक्षमा शीर्ष नताहरूको बैठक बसिरहेको छ। यस अगाडि मध्यान्ह सिंहदरबारस्थित् सभामुखको सचिवालयमा शीर्ष नेताहरूको बैठक बसेको थियो। सो बैठक निष्कर्षविहिन हुँदा आजै अर्को बैठक बस्ने सहमति भएको थियो।