सुरक्षाकर्मी सुरक्षित भएमा नागरिक सुरक्षित : मन्त्री कार्की

झापाको मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय काकरभिट्टाको नव निर्मित कार्यालय भवनको उद्घाटन भएको छ । शुक्रवार एक कार्यक्रमका बीच प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले नव निर्मित भवनको उद्घाटन गरेका हुन् ।भवन उद्घाटनको क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधन सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी सुरक्षित भएमा नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित हुनु पर्नेमा जोड दिए ।  ‘त्यसमाथि सीमा क्षेत्रमा