हिमपातले ढोरपाटन उपत्यका सेताम्य

बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलोपटक हिमपात भएको छ। मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए।  ‘यसवर्ष पहिलोपटक ढोरपाटनमा हिमपात भएको...

सम्बन्धित सामग्री

ढोरपाटन उपत्यका

बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका । नेपालको एक मात्र सिकार आरक्षको कार्यालय रहेको ढोरपाटनमा पछिल्लो समय पर्यटक बढ्न थालेका छन् ।

ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित

ढोरपाटन – बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् । हिमपातका कारण घोडा, खच्चड तथा बस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए […]

ढोरपाटन उपत्यकाका विद्यालय खुले : चिसोले शिक्षक र विद्यार्थी बिरामी

अत्यधिक चिसो बढेपछि बन्द भएका बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालनमा आएका छन् । गत पुस १५ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन् । विद्यालय सञ्चालनमा आए पनि चिसोका कारण विद्यार्थी तथा शिक्षक बिरामी परेका छन् । विद्यार्थी बिरामी परेपछि पठनपाठनमा समस्या आएको छ । हरेक वर्ष हिउँदमा बन्द हुने ढोरपाटन …

ढोरपाटन उपत्यकाका विद्यालय खुले: चिसोले शिक्षक र विद्यार्थी बिरामी

अत्यधिक चिसो बढेपछि बन्द भएका बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालनमा आएका छन्।

सुनसान ढोरपाटन, चिसो बढेपछि बेँसी झरे होटल व्यवसायी

पुस पहिलो हप्तासम्म पर्यटकले भरीभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ ।

सुनसान ढोरपाटन, चिसो बढेपछि बेँसी झरे होटल व्यवसायी

पुस पहिलो हप्तासम्म पर्यटकले भरीभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ ।

बागलुङको ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर

काठमाडौं । बागलुङको ढोरपाटनमा हिमपात भएको छ । खडेरीका कारण हिउँदाभर हिमपात हुन नसकेको ढोरपाटन क्षेत्रमा गत शनिबार राति वर्षा भएपछि हिउँ पर्न सुरु गरेको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । हिमपातका कारण मोबाइलको नेटवर्कले समेत काम गर्न मुश्किल भइरहेको स्थानीयहरुले बताएका छन् । हिमपातपछि ढोरपाटनबाट बुर्तिबाङ सडक समेत अवरुद्ध भएको जनाइएको […]

ढोरपाटन पुगे ९ हजार पर्यटक

बागलुङ । यस वर्ष ९ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । ढोरपाटन घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७९/८० को फागुन तेस्रो सातासम्ममा ९ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पंगेनीले जानकारी दिए । नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र अवलोकनका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकको संख्या वर्षेनि बढ्दै गएको छ । ढोरपाटन क्षेत्रमा पर्यटकको संख्या बढ्दा शिकार आरक्ष कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ । ढोरपाटन शिकार आरक्षले विदेशी तथा नेपाली पर्यटकको आगमनको तथ्यांक व्यवस्थित गर्दै गएको छ । गत आर्थिक वर्षमा ६ हजारभन्दा बढीले ढोरपाटनको अवलोकन गरेकोमा चालू आर्थिक वर्षको अन्त्यसम्म त्यो संख्या बढेर दोब्बर पुग्ने देखिएको छ । कुनै दिन ढोरपाटनमा शिकार खेल्न मात्रै पर्यटक आउने गरेकोमा पछिल्लो समय शिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोर वराम मन्दिर अवलोकनका लागि समेत पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक शिकार खेल्न हेलिकोप्टरमार्फत सोझै आरक्ष क्षेत्रमा पुग्ने गरे पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक घुम्न समेत त्यहाँ पुग्न थालेका छन् । वैधानिक रूपमा नाउर र झारलको शिकार खेल्न पाइने आरक्ष क्षेत्र प्रवेशमा नेपाली र बाह््य पर्यटकले प्रवेश शुल्क तिर्नुपर्छ । सूचना अधिकारी पंगेनीका अनुसार आरक्षमा पुग्ने विदेशी पर्यटकको मात्रै तथ्यांक राख्दै आएकोमा दुई वर्षदेखि आन्तरिक पर्यटकको पनि तथ्यांक राख्न थालिएको छ । रासस

ढोरपाटन आउनेको संख्या बढ्यो, राजस्व पनि वृद्धि

बागलुङ : शान्त र मनोरम वातावरण रहेको नेपालकै एक मात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटकको आमगनमा वृद्धि भएको छ। पर्यटकसँगै चालु आर्थिक वर्षमा राजश्व समेत वृद्धि भएको छ। ढोरपाटन सडक सञ्जालले जोडिनु पूर्व आन्तरिक पर्यटक समेत निकै कम पुग्ने गर्थे। विदेशी मात्रै शिकार खेल्न आउने गर्थे।उनीहरु पैदल यात्रा नभई सोझै हेलिकप्टर मार्फत ढोरपाटन पुग्ने गर्थे। सडकको पहुँच, होटल सुविधा र तीव्र प्रचारप्रसारले गर्दा अहिले बाह्य मात्रै नभएर आन्तरिक पर्यटकहरु समेत त्यहाँ पुग्न थालेका छन्। ढोरपाटनमा

ढोरपाटनका सुन्दर बुकी (फोटो फिचर)

काठमाडौं : नेपालको एक मात्रा साहसिक सिकार पर्यटनको लागि प्रख्यात क्षेत्र हो ढोरपाटन सिकार आरक्ष। बागलुङ, म्याग्दी र रुकुम तीन जिल्लामा फैलिएको यो आरक्षको मुख्य गन्तव्यको रुपमा ढोरपाटन उपत्यकालाई लिने गरिन्छ।ढोरपाटन उपत्यकादेखि ४÷५ घण्टाको पैदल यात्रामार्फत पुग्न सकिने बुकी क्षेत्र ढोरपाटनको खास र आकर्षक पर्यटकीय गन्तव्य हो। ढोरपाटन घुम्न जाने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन उपत्यका, उत्तरजंगा र ढोरबराह मन्दिरमा पुगेर फर्किन्छन्।स्थानीयवासी, गोठाला, सिकार आरक्षमा कार्यरत