सुदूरपश्चिम प्रदेश सभामा सरकारको कडा आलोचना

सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा सुदूरपश्चिम प्रदेश सरकरको कडा आलोचना भएको छ । सोमबार शुरु भएको प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुले सरकारको कडा रुपमा आलोचना गरेका हुन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता रणबहादुर रावलले सुदूरपश्चिम प्रदेशका केही मन्त्री बिना लगामका घोडा जस्तै भएको आरोप समेत लगाए । उनले प्रदेश सभाबाट कानुन बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्ति बढेको बताउँदै पहिलो र अन्तिम प्रदेश सांसद् आफूहरु नै हुने खतरा बढेको समेत बताए ।