पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आन्दोलनपछि सांसदको कार्यक्रम स्थगित

विराटनगर : पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी नाम खारेजीको माग राख्दै आन्दोलन गरेपछि सांसदहरूको कार्यक्रम स्थगित भएको छ।विराटनगरको होटल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्बन्धी अन्तरसंवाद कार्यशालामा सहभागी हुन सांसदहरू आउने भएपछि पहिचानवादी पक्षधरले होटल घेराउ गरेर नाराजुलुस गरेपछि कार्यक्रम स्थगित भएको हो।ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन गर्नुपर्ने उनीहरूको माग रहेको छ।यूएनडिपीको आयोजनामा दुई दिनका लागि तय भएको कार्यक्रम यसअघि