अमेरिकाले आफ्नो सेमिकन्डक्टर क्षेत्रलाई लक्षित गरी एकपछि अर्को प्रतिबन्ध घोषणा गरेपछि चीनले त्यसको सामना गर्न सरकार समर्थित लगानी कोष स्थापना गर्ने तयारी गरेको छ । कुल ४० अर्ब अमेरिकी डलर अर्थात ३०० अर्ब युआन बराबरको हुने सो कोषले अमेरिकी प्रतिबन्धका कारण मारमा परेका सेमिकन्डक्टर क्षेत्रलाई प्रतिस्पर्धी बन्न सघाउने उद्देश्य राखिएको छ ।