हिमालयन हाइड्रोको आईपीओ बाँडफाँड, कतिले पाए कम्पनीको सेयर ?

हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार १५ गतेदेखि १९ गतेसम्म जारी गरेको १९ करोड ६८ लाख २५ हजार कित्ता सेयर आज मंगलबार बाँडफाँड भएको हो । गोलाप्रथामार्फत भएको बाँडफाँडमा १ लाख ८३ हजार ४७ जनाले कम्पनीको सेयर हात पारेका छन् भने, बाँकी १५ लाख ७७ हजार २०७ जना आवेदकहरुको हात खाली हुन पुगेको छ ।कम्पनीले जारी गरेको आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ७५८ जनाको आवेदन रद्द भएको थियो भने योग्य आवेदकहरु मध्येबाट गोला प्रथा गर्दा १ लाख ८३ हजा