गृह मन्त्रालयअन्र्तगतको आपत्कालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि विभिन्न सञ्चार उपकरण उपलब्ध गराइएको छ । एशियाली विपद् पूर्वतयारी केन्द्र(एडिपिसी)को कोभिड–१९ परियोजनाअन्तर्गत राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र(एनडिआरसी) मार्फत रु १८ लाख ८६ हजार ४२२ मूल्यका ती सामान हस्तान्तरण गरिएको हो । आज यहाँ आयोजित कार्यक्रममा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेलाई एडिपिसीका राष्ट्रिय प्रतिनिधि […]