काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यविस्तृतीकरण प्रतिवेदनको परिमार्जन गर्न उच्चस्तरीय छलफल शुरु गरेका छन्।आइतवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजनीतिक दलका नेता, संघीय संसदका विषयगत समितिका सभापति र विषय विज्ञहरुसँग उनले छलफल थालेका हुन्। छलफलमा कार्यविस्तृतीकरण प्रतिवेदनको परिमार्जनका लागि बनाइएको विज्ञ समूहबाट अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको र सो विषयमा छलफल केन्द्रित भएको माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुनले बताए। उनले संव