नेपाली विद्यार्थी आन्दोलनको शुरूआत प्रारम्भिक शिक्षा प्राप्तिको चेतनासँगै भएको हो । राणाकालमा शिक्षाको उज्यालोबाट वञ्चित जनता शिक्षा आर्जनका लागि भारतको बनारसमा गएर औपचारिक रूपमा अध्ययन गर्ने क्रममा वि.सं. १९८१ मा बनारसमा संस्कृत पढ्ने नेपाली विद्यार्थीले ‘नेपाली छात्र संघ’ गठन गरेर विद्यार्थी आन्दोलनको शुरूआत गरेका थिए। नेपालभित्रै भने सबैभन्दा पहिला वि.सं. १९९१ मा महावीर स्कूलको स्थापनासँगै […]