काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा लागू भएसँगै काठमाडौं उपत्यका सुनसान देखिएको छ ।प्रहरीले अनुमतिबिना गुडेका सवारी र पैदल यात्रुलाई सडकमै कैद र जरिवाना पनि गर्ने गरेको छ ।अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन भनिएकाले सडकमा गाडी र मानिसहरु छिटफुट मात्र देखिएको पाइन्छ । काठमाडौँको चावहिल, गौशाला, कोटेश्वर, बानेश्वर, माइतीघर, सुन्धारा र दरबारमार्गका दृश्य सुनसान जस्तै छ ।तस्वीरमा हेरौं