चिनियाँ आक्रमणको हल्लाबीच ताइवानलाई अमेरिकाको ढाढस : हामी साथ छाड्दैनौं

अमेरिकाकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले थाइवान (ताइवान)को साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।चिनियाँ चेतावनी बेवास्ता गर्दै गए राति थाइवान आएकी उनले त्यहाँका नेताहरूसँग आज गरेको भेटका क्रममा थाइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताइन्।राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताइन्। उनले विश्वभरि लोकतन्त्र प्रवर्द्धन गर्न अमेरिका दृढ रहेको उल्लेख गरिन्।अ