बन्दसत्र शुरु गर्ने तयारीपछि सुरक्षा सतर्कता बढाइयो

१२ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु गर्ने तयारी भएको छ । आइतबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय नेतृत्वमा सहमति खोज्न दिनभर सुरु गरिएन । अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई केन्द्रीय सदस्यको सूची बनाउन लगएका थिए भने […]

सम्बन्धित सामग्री

चितवन महोत्सव पुस २५ गतेदेखि शुरु हुँदै

कात्तिक २९, चितवन । कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ । कोभिडको जोखिम कायमै रहेकाले थोरै कक्ष राखेर नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो ।             विसं २०५३ देखि शुरु भएको महोत्सवको यो १३औं संस्करण हो । हरेक दुई/ दुई वर्षमा महोत्सव हुँदै आएको थियो । विसं २०७५ पछि गत पुसमा हुनुपर्ने महोत्सव कोभिडका कारण रोकिएको थियो । उद्योग वाणिज्य संघ चितवन आयोजक र भरतपुर महानगरपालिका एवं जिल्ला समन्वय समिति चितवन महोत्सवको प्रबन्धक रहेका छन् ।             यसअघि तीन ओटै संस्था आयोजक हुने गर्दथे । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । संयोजक श्रेष्ठका अनुसार यस वर्ष महोत्सवमा ३५० ओटा कक्ष रहनेछन् । अघिल्ला महोत्सवमा ५०० भन्दा बढी कक्ष हुने गर्दथे । श्रेष्ठले कोभिडका कारण सुरक्षा सतर्कता अपनाएर महोत्सव गर्नुपर्ने भएकाले कक्ष संख्या घटाइएको जानकारी दिए।             महोत्सवमा डोमसहितका आकर्षक कक्षसमेत रहने छन् । महोत्सवमा स्वदेशीसहित भारत, चीन, पाकिस्तान, बङ्गलादेशलगायतका देशका उत्पादनकोसमेत कक्ष रहने श्रेष्ठले जानकारी दिए ।             महोत्सव अवधिमा दिनहुँजसो विभिन्न विषयमा गोष्ठी हुनेछन् । ती गोष्ठीले चितवनलाई आर्थिक केन्द्र बनाउन सहयोग पुर्‍याउने संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए। महोत्सव परिसरमा विभिन्न संस्कृति झल्कने नमूना घरसँगै कृषि, पर्यटन, कलासंस्कृति झल्कने कक्ष रहने उनले बताए । उनका अनुसार महोत्सवमा २ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव व्यवस्थित गर्न स्टेरिङ कमिटी बनाएर काम अघि बढाइएको छ । रासस

सबै गन्तव्यमा नियमित भए आन्तरिक उडान : ९० % भन्दा बढी सिट भरियो

असार १७, काठमाडौं । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मुलुकका सबैजसो गन्तव्यमा आन्तरिक नियमित उडान सञ्चालन भएको छ । ५८ दिनपछि शुरु भएको आन्तरिक उडानको पहिलो दिन बिहीवार ९० प्रतिशत भन्दामाथि सिट भरेर जहाज उडेको कम्पनीहरुले जानकारी दिएका छन् ।  आन्तरिक उडानको पहिलो दिन सिमरा, विराटनगर, भद्रपुरजस्ता विमानस्थलबाट काठमाडौं आउने जहाजहरुको सिट भरिभराउ भएपनि काठमाडौंबाट बाहिरिने जहाजमा भने केही कम यात्रु रहेका छन् । जहाजमा औसतमा ९० प्रतिशत यात्रु भरिएको जानकारी दिइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आजदेखि शुरु भएको नियमित आन्तरिक उडानलाई संक्रमणरहित बनाउन विमानस्थल तथा एयरलाइन्सले विशेष स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गरेका हुन् । आजका लागि ५९ उडान निर्धारण गरिएको थियो । काठमाडौं उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा र बदली कायमै रहे पनि निर्वाधरूपमा उडान भएको विमानस्थलले जानकारी दिएको छ । आज साना ट्वीनअटर जहाजबाहेक अरु जहाजको सम्पूर्ण गन्तव्यको उडान भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।  विमानस्थलले आन्तरिक उडानमा यात्रुको भीडभाड कम गर्न तथा वर्षात्को समयलाई समेत ध्यानमा राखी आन्तरिक टर्मिनल भवनको आगमन क्षेत्रमा थप ‘अस्थायी ब्यागेज क्लेम एरिया’ व्यवस्था मिलाएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि आजदेखि कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएको छ । रासस

आजदेखि आन्तरिक हवाइ उडान सुरु (फोटो फिचरसहित)

कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मुलुकका सबैजसो गन्तव्यमा आन्तरिक नियमित उडान सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि शुरु भएको नियमित आन्तरिक उडानलाई सङ्क्रमणरहित बनाउन विमानस्थल तथा एयरलाइन्सले विशेष स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गरेका हुन् । काठमाडौँ उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा र बदली कायमै रहे पनि निर्वाधरूपमा उडान भइरहेको विमानस्थलले जनाएको छ ।

रसुवागढी र तातोपानी नाकामा उच्च सतर्कता, बाह्य व्यक्तिलाई प्रवेश निषेध

२१ वैशाख, काठमाडौं । देशभर कोरोना संक्रमण बढ्दै गएपछि उत्तरी व्यापारिक नाकामा उच्च सुरक्षा सतर्कता अपनाउन शुरु गरिएको छ । व्यापार सहजताका लागि नेपालले अधिकतम सुरक्षा अपनाउनुपर्ने भन्दै चिनियाँ प्रशासनको आग्रहपछि तातोपानी र रसुवागढीमा बाह्य …

नेपालमा पनि जलपन्छी गणना गरिँदै

हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जलपन्छीको गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको हातेमालोमा गरिने यस गणनाको विश्वव्यापी रुपमा समन्वय वेटल्याण्ड इन्टरनेशनल संस्थाले गरेको छ । नेपालमा यही पुस १८ देखि माघ ५ गते (जनवरी २ देखि १८) सम्म हुने जलपन्छी गणनामा यस क्षेत्रका विज्ञ, सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय स्वयंसेवीलगायत गरी ३०० भन्दा बढी जनशक्ति सम्लग्न रहेको बताइएको छ । यस वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर गणना गर्न आयोजक संस्थाले आग्रह गरेका छन् ।

बालुवाटारमा स्थायी कमिटी : ओली र उनी निकट सदस्यले गरे बहिस्कार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सुरक्षा परिषद्को बैठक शुरु भएको छ। संसद विघटनलगत्तै सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा परिषदको बैठक बसेको हो। अहिले सडकदेखि विभिन्न ठाउँमा सुरक्षा सतर्कता बढाइएको छ। बालुवाटारमा एकातिर ओलीको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक चल्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव

छिमेकी प्रदेशमा सङ्क्रमण बढेपछि गण्डकीमा उच्च सतर्कता

सीमा जोडिएका प्रदेश नं ५ का रुपन्देही, कपिलवस्तुलगायत जिल्लामा कोभिड–१९ सङ्क्रमित बढेसँगै गण्डकी प्रदेशमा उच्च सुरक्षा सतर्कता अपनाउन शुरु गरिएको छ । छिमेकी प्रदेशसहित केही दिनयता देशभर कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि प्रदेशका नाकामा सुरक्षा सतर्कता बढाइएको तथा जाँचमा वृद्धि गरी आवतजावतलाई थप कडाइ गरिएको प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय निर्देशक समितिले जनाएको छ ।

सुदूरपश्चिममा बजेट अधिवेशनको तयारी

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले बजेट अधिवेशन संचालन गर्न कोरोना नियन्त्रण तथा रोकथाम मापदण्ड अनुसार प्रदेश सभा बनाउन शुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सांसदहरुको व्यक्तिगत दुरी कामय हुने गरी टेबुल कुर्सी व्यवस्थापन गर्न थालिएको हो । प्रदेश सरकारले प्रदेश सभाको छैठौं तथा बजेट अधिवेशन जेठ पहिलो साता बोलाउने तयारी गरेपछि सचिवालयले सुरक्षा सतर्कता अपनाउन थालेको छ ।

झापामा उच्च सुरक्षा सतर्कता, २० समातिए

१३ मंसिर, झापा । झापामा एकपछि अर्को गर्दै उम्मेदवार लक्षित आक्रमण शुरु भएको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउँदै आक्रमण हुन थालेका छन् । भद्रपुरस्थित संघीय एकाइ प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले मेचीबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न ५७ जनालाई पक्राउ …