आज विश्व मिर्गौला दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै
आज विश्व मिर्गौला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । यस वर्ष ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाउन लागिएको हो ।
काठमाडौं । आज विश्व मिर्गौला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
दिवसका अवसरमा चिकित्सा शिक्षाका विद्यार्थीहरूले काठमाडौंमा र्याली निकालेका छन् । वसन्तपुरबाट मिर्गौलासम्बन्धी जनचेतनामूलक र्याली निकालिएको हो ।
हरेक वर्ष मार्च १० तारिखका दिन विश्वभर मिर्गौला दिवस मनाइन्छ ।
थप तस्बिर हेर्नोस्–