मतदान सकियो, मतपेटिका संकलन गरिँदै

काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि शुक्रबार तोकिएको मतदान सकिएको छ। निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकेको समयमा अधिकांश मतदान केन्द्रहरुमा मतदान सकिएको हाम्रा जिल्ला संवाददाताहरुले जनाएका छन्। केही केन्द्रमा भने अझै पनि मतदान भइरहेको छ। बेलुका ५ बजेसम्म मतदानका लागि लाइनमा बस्न पुग्नेलाई आयोगले नसकिञ्जेल मतदानको समय उपलब्ध गराउनेछ। शुक्रबार करिब […]

सम्बन्धित सामग्री

चितवनका सबै स्थानीय तहमा मतदान सकियो, मतगणना आजै रातिदेखि

चितवनका सात वटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मतदान सकिएको छ । मतदान सकिएर मतपेटिका सम्बन्धित पालिकामा ल्याउने काम थालिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा मतपेटिका संकलन भएपछि शुक्रबारै रातिदेखि मतगणना सुरु हुनेछ ।

मतदान सकियो, मतगणनाका लागि मतपेटिका संकलन गरिंदै

स्थानीय तहको निर्वाचन सकिएको छ । अहिले विभिन्न ठाउँबाट मतपेटिकाहरू संकलन गरेर तोकिएका मतगणना स्थलमा लगिंदै छ । शुक्रवार रातिबाटै मतगणना शुरु गर्ने निर्वाचन आयोगले बताइसकेको छ । निर्वाचनमा करीब ६० प्रतिशत मतदान भएको अनुमान गरिएको छ । ५ बजेभित्र मतदान केन्द्रमा पुगेका मतदाताले अवेरसम्म मतदान गर्न पाउने भएकाले वास्तविक तथ्याङ्क पाउन भने केही समय कुर्नु पर्ने छ । फोटो : रासस