शिक्षा मन्त्रालयले शिक्षा दिवसमा विभिन्न पदक पाउनेहरूको नाम सार्वजनिक गर्ने - NepaliPatra

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसमा विभिन्न पदक पाउनेहरूको नाम सार्वजनिक गर्ने भएको छ । असोज २ गते आयोजना हुने राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्या भूषण पाउनेहरूको नाम कार्यक्रम पुस्तिकामा मात्रै प्रकाशित गरिने मन्त्रालयले जनाएको छ । उनीहरूको पदक र प्रमाणपत्र वितरण कार्यक्रमको मिति भने पछि तय हुनेछ । मन्त्रालयले सार्वजनिक […]

सम्बन्धित सामग्री

अलपत्र शिक्षा पदक

रकम जोहो हुन नसक्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साढे पाँच महिनाअघि सर्वाेत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरेका पदकको अत्तोपत्तो नै छैन । राष्ट्रिय शिक्षा दिवसका अवसरमा भदौ ३१ गते ९६२ जनालाई विभिन्न पदकबाट विभूषित गर्न नाम सार्वजनिक गरिएको थियो । मन्त्रालयले पदक निर्माण गर्न चालु आर्थिक वर्ष २०८०/८१ मा ६० लाख रुपियाँ विनियोजन गरेको थियो तर ती पदक तयार गर्न करिब चार करोड रुपियाँ पर्ने भएपछि आर्थिक समस्याले पदक निर्माणको काम अगाडि बढेको छैन । यस पटकबाट नयाँ डिजाइन बनाइएको छ । डिजाइनको नमुना मन्त्रालयको दराजभित्र कागजमा सीमित छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भन्नुभयो, “बजेट खोज्दै छौँ ।”

पेस्डान ब्याडमिन्टनमा विद्युत च्याम्पियन

नेपाल विद्युत प्राधिकरण बाह्रौं सार्वजनिक संस्थान राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनमा सोमबार च्याम्पियन बनेको छ । विद्युत ४ स्वर्ण, ३ रजत र २ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगितामा मुक्तिनाथ विकास बैंक १ स्वर्णसाथ दोश्रो भयो । १ रजत र १ कांस्य जितेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड तेश्रो स्थानमा रह्यो । प्रतियोगितामा ६ स्पर्धा समावेश गरिएपनि आयोजक पेस्डानको आन्तरिक प्रतिस्पर्धाको पदक संख्या गणना गरिएको  छैन । अन्तिम दिन ६ वटै स्...