ताप्लेजुङमा अवरुद्ध बनेको दूरसञ्चार सेवा एक सातापछि सञ्चालनमा आएको छ ।
बेमौसमी वर्षाका कारण गएको सोमवारदेखि अवरुद्ध बनेको दूरसञ्चार सेवाअन्तर्गत ल्यान्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेट सेवा आजदेखि सञ्चालनमा आएको हो ।
सोमवार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा सञ्चालित दूरसञ्चार सेवा अवरुद्ध बनेको थियो । गत आइतवारदेखि बुधवार साँझसम्म अविरल वर्षाका कारण अप्टिकल फाइबरमा समस्या आएका कारण दूरसञ्चार सेवा अवरुद्ध भएको थियो । इटहरी, विराटनगर तथा इलामको फिक्कलमा अप्टिकल फाइबर मर्मत गरिएपछि ...