न्यायालयको जात्रा अब टुलुटुलु हेरेर बस्नुहुँदैन : सांसद महत

न्यायाधीश र अधिवक्ताबीच भएको अडियो प्रकरणबारे संसदमा आवाज उठेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद गजेन्द्र बहादुर महतले न्यायालयमा जात्रा भएको र अब टुलुटुलु हेरेर बस्न नहुने बताए । बिशेष समयमा बोल्दै सांसद महतले भने– ‘न्यायालयमा भएको विचाराधीन मुद्दामा यहाँ बहस गर्न पाइँदैन भनिन्छ । तर अब यो कुरा पुरानो भइसक्यो जस्तो लाग्छ ।न्यायालयमा जुन जात्रा चलिरहेको छ, न्यायालय भष्टाचारको अखडा बनिरहेको छ । यसबारेमा व्यवस्थापिका पनि बन्धक भएर बस्न हुँदैन् । अब पनि हामीले न्यायपालिकाबारे