काठमाडौं : सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य लिएको छ।विश्व क्षयरोग दिवसका अवसरमा बिहीबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्ज्वल श्रेष्ठले क्षयरोगमुक्त नेपाल अभियान अन्तर्गत अहिले १२५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिए। अभियान ७५३ वटै स्थानीय तहमा लागू गर्ने उनले बताए। उनका अनुसार गत आर्थिक वर्षमा २५ स्थानीय तहमा शुरु गरिएको अभियान चालु आवमा थप १०० स्थानीय तहमा शुरु गरिएको