पती राज कौशलको निधनपछि मन्दिरा बेदीले डिलीट गरिन प्रोफाइन पिक्चर

एजेन्सी। बलिउड अभिनेत्री मन्दिरा बेदीले पती राज कौशलको निधनको केही दिनपछि आफ्नो इन्स्टाग्राम अकाउन्टको प्रोफाइन पिक्चर डिलीट गरेकी छन्। इन्स्टाग्रामबाट प्रोफाइल फोटो हटाउदै बेदीले कालो चिन्ह राखेकी छन्। ३० जुनमा निधन भएका राज कौशल भारतीय फिल्म क्षेत्रका निर्माता तथा निर्देशक थिए। राजको निधन ह्रदयघातको कारण भएको थियो।