बंगलादेशले नेपालको बिजुली लैजान भारतसँग माग्यो मार्ग

बंगलादेशले नेपालको बिजुली लैजान बाटो खोलिदिन भारतसँग आग्रह गरेको छ । सेप्टेम्बर ५ देखि ८ सम्म भारत भ्रमणमा रहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटका क्रममा नेपाल र भुटानमा उत्पादित बिजुली भारतीय भूमिबाट लैजाने अनुमतिका लागि आग्रह गरेकी हुन् ।

सम्बन्धित सामग्री

बंगलादेशसँगको विद्युत् व्यापार

नेपालले जलविद्युत्को अपार सम्भावनालाई उपयोग गर्न अहिले बिजुलीको अन्तरराष्ट्रिय बजार खोजिरहेको छ । यसका लागि दक्षिण सीमा जोडिएको भारत निर्विकल्प बजार मानिए पनि अन्य देशमा पनि निर्यातका लागि सम्भावनाको खोजी भइरहेको छ । नेपालको बिजुली किन्न बंगलादेश इच्छुक छ र यसका लागि पटकपटक बैठक पनि बसेको छ । यसपटकको नेपाल–बंगलादेशबीच ऊर्जा बैठक पनि नेपालको जलविद्युत् व्यापारका लागि सुखद समाचार नै हो तर भारतीय सहमतिविना यो सम्भव भने देखिँदैन । बंगलादेशमा ठूलो परिमाणमा बिजुलीको आवश्यकता छ । उसले उत्पादन गर्ने बिजुली हरित होइन, साथै महँगो पनि छ । त्यसैले बंगलादेश ऊर्जाका स्रोतको खोजीमा लागिपरिरहेको छ । बंगलादेश यसमा लगानी गर्नसमेत तयार भएको देखिन्छ । यो नेपालका लागि राम्रो अवसर हो । तर, त्यो अवसर सहजै प्राप्त हुन सक्ने भने देखिँदैन । नेपालको विद्युत् वर्षायाममै भए पनि भारतमा निर्यात हुन सक्नु निकै सकारात्मक प्रगति हो । अहिले वर्षायाममा मात्रै निर्यात भइरहेको छ भने हिउँदमा आयात गर्नुपर्ने बाध्यता छ । केही वर्षभित्र हिउँदमा आयात गर्न नपर्ने र निर्यातसमेत गर्न सकिने गरी जलविद्युत्को उत्पादन हुँदै छ । नेपाल विद्युत् प्राधिकरणले खरीद सम्झौता गरेका, निर्माणाधीन र सम्पन्न हुने चरणमा पुगेका आयोजनाहरूको उत्पादन जोड्दा चाँडै नेपाल ठूलो परिमाणमा विद्युत् निर्यात गर्ने मुलुक बन्ने देखिएको छ ।  तर, नेपालको बिजुली निर्यातका लागि भारतमात्र एक्लो बजार बन्नु हुँदैन । रणनीतिक रूपमा भारतकै लागि पनि र नेपालकै लागि पनि यसो हुनु त्यति उपयुक्त देखिँदैन । कुनै कारणले दुवै मुलुकबीच सामान्य खटपट भएमा दुवै पक्षले ठूलो क्षति भोग्नुपर्ने हुन्छ । यद्यपि यसले दुवै देशलाई बाँधिरहने सम्भावना पनि उत्तिकै छ । जेहोस्, नेपालको जलविद्युत्को व्यापक उपयोगका लागि बंगलादेश उपयुक्त विकल्प हो । बंगलादेशसँग नेपालको सिमाना नजोडिएकाले भारतको सहयोग र सहमतिविना निर्यात गर्न सकिँदैन । अर्थात् नेपालले भारतको प्रसारण लाइन उपयोग गर्नुपर्ने हुन्छ । प्रसारण लाइनको भाडा तिरेर बंगलादेशमा सहजै बिजुली लैजान सकिन्छ । त्यही भएर अहिले नेपाल थोरै परिमाणको भए पनि बिजुली बंगलादेश पुर्‍याउन चाहन्छ किनभने यसले खोल्ने बाटो निकै फराकिलो हुने देखिन्छ ।  भारतले नेपालको बिजुली बंगलादेश लैजान दिन सकारात्मक प्रतिक्रिया दिएको छ । तर, यसबारे सम्झौता भने भएको छैन । यो सम्झौताविना बिजुली निर्यात सम्भव छैन । परीक्षणका रूपमा लैजानु अलग कुरा हो, तर व्यावसायिक रूपले लैजान भने अध्ययन र सम्झौता जरुरी देखिन्छ । भारतको बंगलादेश र नेपालसँग राम्रो सम्बन्ध रहेकाले नेपालको प्रस्तावलाई उसले नकार्नु पर्ने कारण भने देखिँदैन । तैपनि भारतले नेपालको बिजुली किन्नका लागि केही शर्त राखेको छ । त्यसअनुसार नेपालको बिजुली भारतबाहेकका मुुलुकको लगानी भए त्यस्तो आयोजनाको बिजुली भारतले किन्दैन । यो मापदण्ड नहटी बंगलादेशले नेपालमा लगानी गर्न सक्ने देखिँदैन । त्यसैले यो मापदण्डमा सुधारका लागि नेपालले आफ्नो कूटनीतिक क्षमता उपयोग गर्नुपर्छ ।  भारतमा बिजुली निर्यातकै लागि सहयोग पुग्ने गरी अमेरिकी सहयोग एमसीसीअन्तर्गत प्रसारण लाइन बन्दै छ । त्यसको शीघ्र निर्माण पनि बिजुली निर्यातका लागि अर्को आवश्यक शर्त मान्न सकिन्छ । नेपालको बिजुलीको आपूर्ति समान र गुणस्तरीय भएकामा भारतीय पक्ष विश्वस्त हुन नसकेको अनुमान छ । त्यसैले उसले ढुक्कसँग नेपालको बिजुली किन्न हिचकिचाएको हो भनिन्छ । बंगलादेशले पनि यस्तै खोज्न सक्छ । त्यसैले नेपालले प्रसारण लाइन र उत्पादन आदिमा अझै केन्द्रित हुन जरुरी देखिन्छ । यसो भएमा नेपालले बिजुली निर्यात गरेर राम्रो आम्दानी गर्न सक्छ । यसका लागि नेपालले भारतलाई कूटनीतिक लगायतका पहलबाट विश्वस्त बनाउन सक्नुपर्छ । भारत र बंगलादेशलाई विद्युत् चाहिन्छ हामीले केही गर्न पर्दैन नभनी नेपालमा उत्पादित विद्युत् खेर नजाने गरी बजारमा पठाउन सक्नु अहिलेको चुनौती हो । परिपक्व शैलीमा अलिकति बढी मेहनत गर्ने हो भने ऊर्जाबाट लाभ लिने बेला आएको छ ।

जलविद्युत्मा भारतीय लगानी

नेपालमा प्राविधिक रूपमा ४२ हजार मेगावाट जलविद्युत् उत्पादन सम्भव भएको भनिँदै आए पनि सम्भावनाको ज्यादै कम मात्र उत्पादन भइरहेको छ । नेपालको निजीक्षेत्रले ठूलो परिमाणमा जलविद्युत् क्षेत्रमा लगानी गरिरहँदा भारतको निजीक्षेत्रले भने यसमा खासै चासो देखाएको छैन । मुनाफा आर्जन गर्न सकिने यस्तो हरित ऊर्जामा किन उनीहरूको आकर्षण भएन भनेर अध्ययन गर्नुपर्ने बेला आएको छ । भारत नेपालको विकासको प्रमुख साझेदार हो । नेपालको सबैभन्दा बढी व्यापार भारतसँग नै हुन्छ । यसमा नेपाल घाटामा रहने गरेको छ । नेपालबाट उत्पादित कृषि वा गैरकृषि सामग्री भारतमा निर्यात गरेर व्यापारघाटा न्यून गर्न सक्ने सम्भावना छैन भन्दा पनि हुन्छ । यो व्यापारघाटालाई न्यून गराउन विद्युत् निर्यात प्रमुख सहयोगी हुने देखिन्छ । नेपालको भौगोलिक बनोट र पानीको उपलब्धताका कारण जलविद्युत् उत्पादन गर्न निकै सजिलो छ ।  तर, भारतमा ऊर्जाको ठूलो माग भए पनि नेपाली बिजुलीको प्रवर्द्धन गर्न उसले नेपालमा लगानी गर्नुपर्ने हो । तर, उसको नेपालमा त्यति चासो छैन कि भन्ने देखिन्छ । भारतको सरकारी कम्पनीले भने नेपालको जलविद्युत्मा लगानी गरिरहेको छ । अहिलेसम्म १ हजार ९१ मेगावाटसम्मका कम्पनीमा भारतीय लगानी रहेको छ । भारतले चीनले लगानी गरेको आयोजनाबाट उत्पादित बिजुली नेपालसँग नकिन्ने नीति लिएको छ । नेपालको बिजुलीको बजार नै भारत हो । यस्तोमा नेपालले बिजुलीमात्रै निर्यात गर्न सके पनि व्यापारघाटा कम गर्न निकै सहयोगी हुने देखिन्छ ।  चिनियाँ लगानीमा ठूला परियोजना बनेका छैनन् । तर, निर्माण कम्पनीमा भने चिनियाँको बोलबाला छ । यस्तोमा नेपालको बिजुली भारतलाई बेच्न समस्या देखिन्छ । त्यसो त नेपालको बिजुली किन्न भारत तयार नभएको अवस्थामा त्यसको विकल्पबारे अहिले नै गृहकार्य थालिहाल्नुपर्छ ।  नेपालको जलविद्युत्को विकासमा भारतीय निजीक्षेत्रलाई सकेसम्म आमन्त्रित गर्नुपर्छ । सरकारी कम्पनीले उत्पादन गरेको बिजुली भारत सरकारले खरीद त गर्ला तर निजीक्षेत्रसँग त्यसको कुनै सम्बन्ध हुँदैन । निजीक्षेत्रले बिजुली पर्याप्त उत्पादन गरे भारत सरकारलाई यसका लागि बाध्य पार्न पनि सक्छन् । नेपालले गर्नुपर्ने धेरै काम उनीहरूले नै गर्न सक्छन् । त्यसैले जलविद्युत्मा भारतीय निजीक्षेत्र पनि आउन आवश्यक देखिन्छ ।  भारतमा ऊर्जाको माग जति छ त्यसअनुसार उसले नेपालबाट बिजुली लैजान आँटेको पनि देखिँदैन । उसले सौर्य ऊर्जालाई पनि समानान्तर रूपमा महŒव दिँदै आएको छ । त्यसैले अहिले भारतले बिजुली पर्याप्त किनिदिएन भने भोलिका दिनमा उसलाई नेपालको बिजुली नै आवश्यक नपर्न पनि सक्छ । यस्तोमा भारतको निजीक्षेत्रले नेपालमा विद्युत् उत्पादन गरेर लबिङ गरेर पनि उनीहरूले यहाँको विद्युत् विक्री गर्न पहल थाल्ने देखिन्छ । अर्को, नेपालमा भारतका ठूला कम्पनीले जलविद्युत्मा लगानी गरे अन्य व्यवसायी र सानातिना कम्पनी पनि नेपालमा आउन सक्छन् । त्यसैले जलविद्युत्मा भारतको निजी क्षेत्रलाई बढीभन्दा बढी मात्रामा लगानी ल्याउन प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।  भारतीय कम्पनीलाई मात्रै विद्युत् विक्री गर्न हुँदैन भन्दै त्यसको विरोध गर्ने समूह पनि छन् । कुनै एक कम्पनीलाई मात्रै विद्युत् विक्री गर्न थालियो भने नेपालको तेलको बजार भारतीय बजारसँग मिसिन पुग्न सक्छ । त्यसैले भारतीय निजीक्षेत्रको प्रवेशले शेयरमा थप लगानी आकर्षित हुने देखिन्छ ।

तत्काल ५० मेगावाट बिजुली लैजान बंगलादेश सहमत

काठमाडौं । नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने निर्णय भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकले भारतीय भूमि र संरचना प्रयोगका सम्बन्धमा आवश्यक सहमति जुटाउनका लागि त्रिपक्षीय छलफल गर्ने सहमति भएको हो । त्यसका लागि पनि दुवै पक्षले पहल गर्ने सहमति भएको […] The post तत्काल ५० मेगावाट बिजुली लैजान बंगलादेश सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली लैजान बङ्गलादेश सहमत

काठमाण्डाै - बङ्गलादेशले नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली लैजाने भएको छ । काठमाण्डौमा हिजो सकिएको दुई देशका उर्जा सचिवस्तरीय जोइन्ट स्टेयरिङ कमिटी जेएससीको चाैथाे बैठकले सहमति गरेको हो । तर, नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्नु पर्ने हुन्छ । बैठकले त्रिपक्षीय छलफल गर्ने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार प्राधिकरण र बङ्गलादेशको बोर्डले एनभी...

भारतीय कम्पनीमार्फत नेपालको बिजुली बंगलादेश लैजाने सहमति

बंगलादेशले नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली लैजाने भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) को चौथो बैठकले यस्तो सहमति जुटाएको हो । नेपालको बिजुली बंगलादेश लैजान भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले त्यहाँका सरोकारवाला निकायसँग त्रिपक्षीय छलफल गर्ने विषयमा पनि दुवै देशका अधिकारीहरू सहमत भएका छन् ।

तत्काल ५० मेगावाट बिजुली लैजान बंगलादेश सहमत, भारतसँग वार्ता गरिने

नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने निर्णय भएको छ ।

बंगलादेशले नेपालबाट ४० देखि ५० मेगावाट बिजुली लैजाने

बंगलादेशले नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली लैजाने भएको छ । बिहीबार काठमाडौंमा सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय ‘जोइन्ट स्टेयरीङ कमिटी’ (जेएससी) बैठकले यस्तो सहमति जुटाएको हो । नेपालको बिजुली बंगलादेश लैजान भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले त्यहाँका सरोकारवाला निकायसँग त्रिपक्षीय रुपमा छलफल गर्ने विषयमा पनि दुवै देश सहमत भएका छन् ।

बंगलादेशले नेपालबाट ४० देखि ५० मेगावाट बिजुली लैजाने

बंगलादेशले नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली लैजाने भएको छ । बिहीबार काठमाडौंमा सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय ‘जोइन्ट स्टेयरीङ कमिटी’ (जेएससी) बैठकले यस्तो सहमति जुटाएको हो । नेपालको बिजुली बंगलादेश लैजान भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले त्यहाँका सरोकारवाला निकायसँग त्रिपक्षीय रुपमा छलफल गर्ने विषयमा पनि दुवै देश सहमत भएका छन् ।