फागुन ३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको निर्णय गरिएको जानकारी दिएको छ ।प्रदेश आन्तिरक मामिला मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद बैठक २०७७ चैत्र १३ को निणर्यनुसार फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा दिने सूचना जारी गरेको छ ।यसअघि प्रदेश सरकारले फागुन ३ गते प्रदेश स्थापना दिवस दाडमा मनाउने निर्णय गरिसकेको छ ।

सम्बन्धित सामग्री

स्थापना दिवस मनाउँदै लुम्बिनी, आइतबार सार्वजनिक विदा

लुम्बिनी प्रदेश सरकारले माघ २१ सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवस मनाउने निर्णय गर्दै सरकारले सो दिन विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

अट्वारी पर्वमा थारू समुदायलाई सार्वजनिक विदा

दाङ- थारु समुदायको अट्वारी पर्वमा थारू बाहुल्य जिल्लामा लुम्बिनी प्रदेश सरकारले सम्वन्धित समुदायलाई सार्वजनिक विदा दिने भएको छ । लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बड्का अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दियामा थारु समुदायलाई सार्वजनिक विदा दिने भएको हो । अट्वारी भदौ ३१ गतेका दिन परेको छ। गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरि यस्तो जानकारी दिएको […]

लुम्बिनी प्रदेश स्थापना दिवस : प्रदेशभर सार्वजनिक विदा

लुम्बिनी- स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज बिभिन्न कार्यक्रम गरी मनाउँदै छ । प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदासमेत दिएको छ भने प्रदेश सरकारले सदरमुकाम देउखुरीमा बिभिन्न कार्यक्रम गरी मनाउँदैछ । जसको उदघाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्दैछन् । लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भ...

भाद्र १४ गते सार्वजनिक विदा

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले भाद्र १४ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ । हिन्दू नारीहरुको महान पर्व हरितालीका तिजको अवसरमा प्रदेशभर विदा दिइएको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को २०७८ चैत २१ गतेको निर्णय बमोजिम विदा लिइएको एक सूचनामार्फत जानकारी गराईएको छ ।

लुम्बिनी प्रदेशमा फागुन ३ गते सार्वजनिक विदा

१ फागुन, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा फागुन ३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिने भएको छ । यसअघिको शंकर पोखरेल नृतृत्वको सरकारले दिँदै आएको विदालाई अहिलेको सरकारले पनि निरन्तरता दिएको हो । सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा फागुन ३ गते मनाउने भएको निर्णय गरेको छ । यसअघि […]

लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक विदा

लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ । लुम्बिनी प्रदेश तराईका जिल्लामा  थारु समुदायको बाहुल्यता रहेको छ।