हुलाकी सडकअन्तर्गत तिलाबे खोलामा निर्मित पुलको काम नसकिँदै उद्घाट्नको तयारी थालिएको छ । पुल निर्माण भए पनि दुवैतर्फको करिब १ सय मिटर एप्रोच सडक र नदी नियन्त्रणको काम नसक्दै हतारमा पुलको उद्घाट्न गर्न लागिएको हो । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री मोहम्मद इस्तियाक राईले बुधबार पुल उद्घाट्न गर्ने तय भएको छ ।