महानगर प्रमुख सरावगीद्वारा खातुनको उपचारमा सहयोग

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उपचारका लागि दुई लाख सहयोग गरेका छन् ।   प्रमुख सरावगीले आफ्नो सेवा सुविधालगायत पारिश्रमिकको रकमबाट स्थापना गरेको  ‘मेयर कल्याणकारी कोष’बाट उक्त रकम खातुनलाई सहयोग गरेका हुन् । एसिड प्रहारबाट खातुनको घाँटी, पेट र छातीमा  घाउ भएको छ...

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरले माग्यो खोप खरीदको अनुमति

वीरगञ्ज (अस) । वीरगञ्ज महानगरपालिकाले संघ सरकारसँग कोरोना विरुद्धको खोप खरीदको अनुमति मागेको छ । महानगरले सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर वीरगञ्जमा खोप अभियान सञ्चालनका लागि यस्तो अनुमति मागेको हो । महानगरका एक लाख बासिन्दालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखिएकाले त्यसका लागि खोप किन्न संघ सरकारको अनुमति मागिएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए । ‘अहिले समुदायस्तरमा फैलिएको कोरोना संक्रमण नियन्त्रणको एकमात्र उपाय यसको खोप नै हो । नगरवासीलाई कोरोना संक्रमणबाट जोगाउन खोप अभियानको सञ्चालनको लक्ष्य राखेका छौं,’ प्रमुख सरावगीले भने, ‘संघ सरकारले यथाशीघ्र अनुमति दिएर सहयोग गर्ने विश्वास लिएका छौं ।’ महानगरका कम्तीमा एक लाख बासिन्दालाई खोप लगाउन सके महामारी नियन्त्रणमा सहज हुने अनुमान महानगरको छ । सरकारबाट स्वीकृत प्राप्त खोप खरीदको अनुमति र अन्य सहयोगका लागि समेत आग्रह गरिएको महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले बताए । समुदायस्तरमा फैलिएको कोरोनाका कारण लक्षणसहितका संक्रमितको संख्या बढिरहेको र उपचारमा कठिनाइले अकालमा ज्यान गुमाउने अवस्था रहेको महानगरको पत्रमा उल्लेख छ । सबै नागरिकमा खोप पुर्‍याउने संघ सरकारको प्रयास प्रभावकारी हुन नसकेकोतर्फ महानगरले पत्रमार्फत ध्यानाकर्षण गराएको छ । सरकारले तोकेको मापदण्डभित्र रहेर खोप खरीद र प्रयोग गरिने पनि महानगरले बताएको छ ।