जसपा पार्टी आधिकारिकता विवादः असार ३ गते सुनुवाई हुने

काठमाडौं। निर्वाचन आयोगले जसपाको पार्टी आधिकारिकताको विवाद सम्वन्धिमा साउन ३ गतेदेखि सुनुवाई गर्ने भएको छ। आयोगले बिहीबार सुनुवाईका लागि प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलास गठन गरेका हो। आयोगले पार्टी अध्यक्ष ठाकुर र यादव पक्षसँग छलफल गरेपनि सहमति हुन नसकेपछि राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार विवाद निरुपण गर्न लागेको हो।