प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा अमेरिकी अधिकारीलाई दिएको आश्वासनअनुसार एमसीसी अनुमोदनका लागि सक्रिय बनेपछि सत्ता गठबन्धनमा खटपट शुरू भएको हो । यहीबीचमा देउवा र सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई पत्र लेखेपछि थप तरंग उत्पन्न भएको छ । सो पत्रपछि माओवादीभित्र नै तीव्र मतभेद देखिएको छ ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित गर्न पार्टीले कुनै पनि हालतमा नसघाउने बताएका छन् । ‘प्रम देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसिसि अमेरिकालाई पठाइएको भनी सार्वजन...