नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेकाे छ : गृह मन्त्री

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले नागरिकतासम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताउनुभएको छ ।  आज बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृह मन्त्री खाणले नागरिकतासम्बन्धी विधेयक पारित गर्नका लागि सांसदहरूको तहमा र उच्च राजनीतिक तहमा छलफल भइरहेको बताउनुभएको हो । उहाँले याे विधेयकको सम्बन्धमा निष्कर्ष निकाल्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकतासम्बन्धी विधेयक यो समितिमा झन्डै २२ महिना छलफल भएर प्रतिवेदनको रूपमा अहिल...