कलाकार जयनन्द लामाको पोष्टमार्टम रिपोर्ट आएको छ । लामा फागुन ११ मा भक्तपुरको कौशालटारस्थित घर बाहिर मृतावस्थामा भेटिएका थिए । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा उनको शव परीक्षण गरिएको थियो । चिकित्सकले लामाको मृत्युको कारणमा लेखेका छन्, ‘ब्लन्ट फोर्स इन्जुरी टु दि हेड ।’ सो रिपोर्ट अनुसार टाउको बजारिएर उनको मृत्यु भएको पुष्टि भएको छ ।फागुन १० मा साँझ बैठकमा सहभागी हुन बौद्ध गएका लामा भोलिपल्ट बिहान ७ बजेतिर बा.३च ७७४१ नम्बरको गाडीबाट लडेको अवस्थामा घरबाहिर मृत भेटिएक