मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति

साउन ८, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले शनिवारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ । उक्त कार्यालयले यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रवार सूचना जारी गरी त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको बताएको छ । यसैगरी सूचनामा प्रशासनले अनिवार्य रुपमा काउण्टरबाट टिकट काटेर मात्र यात्रा गर्न यात्रुलाई भनेको छ ।