घरबेटी सरस्वती प्रधान धरौटीमा रिहा

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले बुधबार १ लाख १५ हजार धरौटी माग गरी रिहा गर्ने आदेश दिएको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए ।