लन्च ब्रेकपछि गठबन्धनका नेताहरु पुनः छलफलमा

सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक बिहानदेखि बालुवाटारमा चलिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठबन्धनको बैठक जारी छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता बैठकमा सहभागी छन् ।आजको बैठकमा शीर्ष नेताका साथै ११ सदस्यीय कार्यदलका सदस्य पनि सहभागी रहेका छन् । बिहानी बैठक ८ बजेदेखि दिउँसो १२ बजेसम्म चलेको थियो । लन्च ब्रेकपछि दिउँसो २ बजेबाट पुनः बैठक सुरु भएको हो ।बालुवाटार स्रोत