अर्थमन्त्री वर्षमान पुनले अमेरिकी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री पुनले अमेरिकी (यूएस) चेम्बर अफ कमर्शका पदाधिकारीहरूसँग वासिङ्टन डिसीमा अन्तरक्रिया गर्दै अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य भएको बताए ।