सत्तारुढ दलका सांसद भन्छन् : १० वर्षमा सङ्घीयता नै जान्छ जस्तो लाग्छ

धनगढी : सत्तारुढ दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले अहिले प्रदेश सरकारप्रति चर्को विरोध भइरहेको बताएका छन्। प्रदेशसभामा बुधबार बजेटमाथिको छलफलमा धारणा राख्दै उनले यस्तो बताएका हुन्। सुदूरपश्चिम सरकारकै कारण पनि सङ्घीयताप्रति निराशा पैदा भइरहेको उनले बताए। ‘यस्तै सरकार फेरि सुदूरपश्चिममा आए १० वर्षमा यो सङ्घीयता नै जान्छ जस्तो लाग्छ। त्यति घृणा पैदा भएको छ’, उनले भने, ‘भोलि घरमा आगो लाग्ने र भाग्ने दिन नआओस्।’सरकारले ल्याएको बजेटले पनि सरकारको