नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दीक्षित गर्नुपर्ने बताएका छन् । आइतवार संसद भवनमा आर्थिक कुटनीति प्रवर्द्धनमा सांसदको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले सांसदहरुलाई वैदेशीक लगानीका विषयमा दीक्षित गर्नसके मुलुकले लक्ष्य निर्धारणअनुसार वैदेशिक स्रोत र साधन परिचालन गर्न सक्ने दाबी गरेका हुन् ।पूर्वगभर्नर क्षेत्रीले एमसीसी नेपालमा कार्यान्वयन गर्ने विषयमा सबैसँग एमसीसी लागू गर्ने सर्तका विषयमा जानकारी नहुँद